१ कार्तिक २०८३, आइतबार

श्रीमतीसँग झगडा पर्दा छोराको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २७ पुस । मानिस रिसमा कतिसम्म अन्धो हुन्छ भन्ने घटना सिरहामा शनिबार रातिको घटनाले देखाएको छ ।

सिरहाको गोलबजार नगरपालिकामा श्रीमतीसँग झगडा पर्दा एक व्यक्तिले आफ्नै १० वर्षीय छोराको हत्या गरेका छन् । गोलबजार नगरपालिका–३ तेतरियाका रामस्वरुप सदायले छोरा विजयको टाउकामा बन्चरो प्रहार गरी हत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते बालक विजयको उपचारका लागि गोलबजारस्थित धमिनी अस्पताल पुर्‍याए पनि बाँच्न नसकेको प्रहरीले जनाएको छ । अभियुक्त हाल फरार रहेको र खोजीका लागि प्रहरी परिचालन भइसकेको बताइएको छ ।