विराटनगर, २७ पुस । सिर्जना फाइनान्स लिमिटेड विराटनगरको शनिबार सम्पन्न चौधौँ वार्षिक साधारणसभाले चार वर्षका लागि सञ्चालक समितिका अध्यक्षमा पुनः सुयस प्याकुरेललाई चयन गरेको छ ।
सो समितिका सदस्यमा सुवास आचार्य, लीला ढुङ्गेल, सुरेन्द्र गोल्छा, मुकेशकुमार राठी र प्रभाकर देवकाटासहितको हुनुहुन्छ । सभाले सेयर सदस्यका लागि ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।
बोनस सेयर वितरणपछि सिर्जनाको पुँजी रु १३ करोड ४४ लाख पुगेको छ । सभाले यसै आवभित्र २ः१ (दुई बराबर एक) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गर्दै चुक्ता पुँजी रु.२० करोड १६ लाख पु¥याई १० जिल्लाको विकास बैङ्क बन्ने लक्ष्य लिएको छ ।
सिर्जनाको २०६९ साल असार मसान्तमा निक्षेप रु १६ करोड १९ लाख र कर्जा रु १८ करोड ८० लाख रहेकामा यही पुस २५ गतेसम्म निक्षेप रु ९२ करोड ५० लाख र कर्जा रु ९० करोड १५ लाख पुगेको बताइएको छ ।
सभामा महाप्रबन्धक भवानीशङ्कर चापागाईं र सेयर सदस्य विष्णु पोखरेलले फाइनान्सको आगामी कार्ययोजनाका बारेमा बताउँदै फाइनान्सलाई सफल बनाउन सेयर सदस्यले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा विचार व्यक्त गर्नुभएको थियो । रासस















प्रतिक्रिया