१ कार्तिक २०८३, आइतबार

काठमाडौं विश्वविद्यालयमा डिनलाई जु्त्ता प्रहार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kathmandu-University-KU

रामसुन्दर आचार्य

बनेपा, २६ पुस । काठमाडौ विश्वविद्यालयका डिन प्राध्यापक डाक्टर मोहनविक्रम ज्ञवालीलाई एक सहायक प्राध्यापकले जुत्ता प्रहार
गरेका छन् ।

स्कुल अफ साइन्सका डिन ज्ञवालीलाई सहप्राध्यापक दिपकराज अधिकारीले जुत्ता प्रहार गरेका हुन । ११ वर्ष अगाडि देखि काठमाडौ विश्वविद्यालयमा अध्यापन गराउँदै आएका सहप्राध्यापक अधिकारीले एप्लाइड फिजिक्स डिपार्टमेन्ट तेस्रो वर्षमा अध्यापन गराएको चित्त नबुझेको विद्यार्थीहरुले डिनलाई गुनासो गरेपछि डिन ज्ञवालीले अधिकारीको विषेश निगरानी सीसी टिभी र अन्य माध्यमबाट गरेका थिए । पटकपटक विद्यार्थीको असन्तुष्टि र विद्यार्थी
माथि गरेको व्यवहारले अधिकारीलाई एप्लाइड फिजिक्स डिपार्टमेन्ट तेस्रो वर्षमा अध्यापनका लागि डिनले हटाएका थिए । यसै विषयमा डिन ज्ञवाली र सह प्राध्यापक अधिकारीबीच अन्तरद्धन्द्ध चलेको थियो । घटना गत मंगलबारको भए पनि ढिलो गरी शनिबार मात्रै सार्वजनिक भएको हो । गत मंगलबार दिउसो ४ बजे डिन आफ्नो कार्यकक्षबाट फर्किदै गर्दा डिन ज्ञवालीले आफ्नो योग्यताको अपमान गरेको भन्दै सह–प्राध्यापक अधिकारीले जुत्ता प्रहार गरेपछि काठमाडौ विश्वविद्यालयमा यतिबेला भुइँचालो गएको छ ।

यसो त साउन १५ गते काठमाडौ विश्वविद्यालयको स्कुल अफ साइन्समा प्राध्यापक ज्ञवालीको नियुक्तिलाई लिएर विश्वविद्यालयका प्राध्यापकहरु पनि आन्दोलनमा उत्रिएका थिए।