१ कार्तिक २०८३, आइतबार

लमजुङमा जनकल्याण माविको स्वर्णजयन्तीका लागि राजधानीमा भेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiti-Tilahar-Lamjung-Dainiknepal-Nepal

काठमाडौं, २६ पुस । पूर्वी लमजुङको शैक्षिक एवं व्यापारिक नगरी चितीको तिलाहारस्थित जनकल्याण उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको तयारी तीव्र पारिएको छ ।

आगामी माघ २० गतेदेखि २४ गतेसम्म चिती, तिलाहारमा हुने स्वर्ण जयन्तीलाई भव्य पार्न राजधानीमा पनि चितीबासीको भेला आयोजना गरियो । संविधानसभाका सदस्य लालबहादुर तमुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. गणेशराज जोशी, रामकृष्ण तिवारी, पुनरावेदन अदालतका पूर्व न्यायाधिश फणिन्द्रदत्त शर्मा, नागरिक उड्डयन प्राधिकरणका सहसचिव प्रताप तिवारी, रिलायवल बैंकका सिइओ नारायण लोहनी, डा. नारायणी तिवारी, डा रामकृष्ण तिवारी, जनकल्याण माविका पूर्व विद्यार्थी, शिक्षक, समाजसेवी तथा शिक्षा प्रेमीहरुको सहभागिता थियो ।

Chiti-vela-Lamjung

भेलाले काठमाडौंमा स्वर्ण जयन्तीको व्यापक रुपमा प्रचारप्रसार गर्नका लागि पूर्व सचिव डा. गणेशराज जोशी र आर्थिक व्यवस्थापनका लागि डा. नारायणी तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।

जनकल्याण उच्च माविका अध्यक्ष शंकर कमलको अध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजक शिवप्रसाद जोशीले सहजीकरण गर्नुभएको थियो ।