दाङ, २६ पुस । दाङको तुलसीपुरमा एक व्यक्तिले गाडीमा भेटाएको तीस लाखको सामान सम्बन्धित मानिसलाई फिर्ता गरेका छन् ।
तुलसीपुरमा आज पत्रकार सम्मेलन गरी ना ५ ख ५२५९ नम्बरका गाडी धनी ईन्द्रबहादुर शाहले पुस २५ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रौटामा फेलापारेको एनसेएलका दुई काटुन रिचार्जकार्ड सम्बन्धित व्यक्तिहरुलाई जिम्मा लगाएका हुन् ।
शाहले पुस २५ गते काठमाडौंबाट तुलसीपुर आउँदै गर्दा उक्त रिचार्जकार्ड राजमार्गको चन्द्रौटा मोडमा फेला पारेपछि जिसन ट्रड लिंक नेपालगंज बाँकेमा आँफै फोनगरी सरोकारवालालाई जानकारी गराएका थिए । कार्टुनमै रिचार्जको मूल्य ३० लाख ३० हजार उल्लेख गरिएको देखेपछि यसले कसैको भविष्य बर्बाद पार्न सक्ने भन्दै आफूले तत्काल फोनगरी मानवीय नाताले
सरोकारवालाहरुलाई जिम्मा लगाएको शाहको भनाइ छ ।
















प्रतिक्रिया