काठमाडौं, २६ पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप न्यौपाने राजधानीमा लुटिएका छन् ।
कार्यालयबाट मोटरसाइकलमा घर फर्किरहेको बेला शुक्रबार साँझ सवा ७ बजे काठमाडौंको बानियाटारमा न्यौपाने लुटिएका हुन् । चार जनाको समूहमा बाँनियाँटारको पुल नजिक रहेको मन्दिरमा बसेका व्यक्तिले मोटरसाइकल रोकेर नगद रुपैंया लुटेका उनले बताए । उनको साथमा रहेका ७ हजार ५ सय रुपैंया लुटेर लगेपनि लुटेराहरुको आक्रमणबाट उनी जोगिएका छन् ।
तनहुँ घर भएका न्यौपाने राजधानी दैनिकमा काम गर्छन् । उनी शिक्षा पत्रकार समूहको पनि केन्द्रीय पदाधिकारी हुन् ।
















प्रतिक्रिया