तुलसीपुर (दाङ), २६ पुस । नेकपा–माओवादीका महासचिब रामबहादुर थापा (वादल) ले माघ ८ मा संविधान आएको भोलिपल्टै जलाउने चेतावनी दिएका छन् ।
रिपोटर्स क्लब नेपाल जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै महासचिव वादलले माघ ८ मा आउने संविधान जनताको संविधान नहुने जिकिर गर्दै आएको भोलि ल्ट माघ ९ गते जलाउने चेतावनी दिएका हुन । आफूहरुले त्यसका लागि चरणवद्ध रुपमा माघ ९ गते सम्म आन्दोलनको घोषणा गर्नुको औचित्य त्यही भएको समेत उनले वताए । पूर्व मन्त्री समेत रहेका थापाले भने ‘पहिलो संविधानसभा जनताको थियो तर त्यसलाई षडयन्त्रमुलक ढंगवाट विघटन गरियो र अहिलेको दोस्रो संविधानसभाको कुनै ओचित्य छैन, यो नौटङ्की मात्रै हो । यसको कुनै औचित्य छैन, यसको खारेजी हुनुपर्छ ।’ यो संविधानसभाले पहिलो कुरा त संविधान नै दिन नसक्ने र यदि संविधान दिएपनि त्यो जनताको संविधान नहुने निश्चित भएकोले त्यसलाई जलाउनुको विकल्प नहुने उनले बताए ।
















प्रतिक्रिया