१ कार्तिक २०८३, आइतबार

साना दलले बालुवाटारमा मागे आ–आफ्ना दलको भूमिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati samser Ranaकाठमाडौँ, २६ पुस ।  नेपाली काँग्रेस र नेकपा एमालेलाई संविधानसभा भित्र र बाहिर रहेका साना दलले प्रक्रियामा गएर भए पनि माघ ८ मा संविधान जारी गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा ती दलले माघ ८ मा संविधान जारी गर्ने नाममा अनावश्यक सम्झौता नगर्न समेत सुझाव दिएका छन् ।
छलफलमा ती दलले संविधान निर्माणका लागि आफूहरुलाई पनि भूमिका दिनुपर्ने माग गरेका थिए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलको भूमिकालाई ठूला दलले बेवास्ता गरेको आफुहरुले छलफलमा राखेको बताउनुभयो ।

बैठकमा राप्रपाका अध्यक्ष पसुपति सम्शेर राणाले सहमतिका लागि निर्णायक छलफल गर्न ठूला दलहरु अधिकतम लचिलो हुनु आग्रह गरेको बताउनुभयो ।
छलफलमा ३० दलीय मोर्चाको अवधारणाबारे पनि छलफल भएको थियो ।   बैठकमा राप्राप, नेमकिपा, माले, चुरे भावर र परिवार दलसहितका साना दलका नेताहरु सहभागी थिए ।