काठमाडौँ, २६ पुस । बढ्दो रासायनिक मलखाद तथा विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा पर्न गएको न्यूनिकरण गर्न ग्लोबल क्यापिटल ईन्भेष्टमेन्ट लि.ले धादिङमा एक तालिमको आयोजना गरेको छ ।
नेपाललाई कृषिमा सम्मृद्ध प्राङगरिक राष्ट्रका रुपमा चिनाउन र कृषकलाई प्राङगरिक कृषि खेतीतर्फ व्यवसायिक रुपले सहभागी गराउन यस्तो लालिमको आयोजना गरेको उक्त संस्थाले जानकारी दिएको छ ।
संस्थाले धादिङको धुषा—१, चरौँदीमा व्यवसायिक प्राङगरिक तरकारी खेती सम्बन्धि दुई दिने तालिम कृषि प्रविधि सहितको प्रयोगात्मक सिकाईमा सम्पन्न गरेको बताएको छ ।
तालिममा कृषक सुधार फलफुल तथा तरकारी उत्पादक सहकारी संस्था लि.अन्तर्गतका २४ जना कृषकहरुको सहभागिता रहेको थियो । कृषकहरुलाई बेमौसमी प्राङगरिक तरकारी खेती सम्बन्धि जानकारी, नर्सरी व्यवस्थापन, आई.पि. लिक्वीडको प्रयोगद्धारा कम्पोष्ट मल बनाउने सम्बन्धि प्रयोगात्मक सिकाईका बारेमा तालिम दिइएको थियो ।















प्रतिक्रिया