८ कार्तिक २०८३, आइतबार

वैद्य नेतृत्वको माओवादी फेरि विभाजन, भजेन्द्रको नेतृत्वमा नयाँ पार्टी जन्मियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidhaइटहरी, २६ पुस ।  वैद्य नेतृत्वको नेकपा–माओवादी फेरि विभाजन भएको छ । नेकपा–माओवादीबाट असन्तुष्ट रहेको भन्दै  भजेन्द्र चौँलागाँई ‘भुवन’ समूहले नयाँ पार्टी गठनको गरेको हो ।

शनिबार इटहरीको न्युज डटकम पत्रिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी नयाँ पार्टीको नाम नेकपा माओवादी (क्रान्तिकारी) राखिएको नव गठित पार्टीका अध्यक्ष चौँलागाँईले जानकारी दिनुभयो । पार्टीले ३९ सदस्य केन्द्रीय समिति गठन गरेको छ ।

पार्टीको महासचिवमा आकाश शर्मालाई चयन गरेको पनि चौँलागाँईले जानकारी दिनुभयो ।

प्रचण्ड, बाबुराम, मोहन वैद्य र नेत्रविक्रम चन्दहरुले जनताको भावना अनुसार काम गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै चौलागाँईले सक्कली माओवादी पार्टी गठन गरेको पनि जानकारी दिनुभयो ।

उहाँले  प्रचण्ड, बाबुराम र वैद्यहरुले जनतालाई धोका दिएको समेत आरोप लगाउनुभयो । केही समय अघि मात्र नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्दले पार्टीबाट विद्रोह गर्दै नयाँ पार्टी गठन गर्नुभएको थियो ।