गोरखा, २६ पुस । संवैधानिक–राजनीतिक तथा संवाद समितिका सभापति डा बाबुराम भट्टराईले केही दिनभित्रै सहमति जुट्ने दाबी गर्नुभएको छ ।
गोरखाको मकैसिङस्थित बुटार र चितवनको दारेचोक जोड्ने पुलको शिलान्यास गर्दै उहाँले ठूला दलका शीर्ष नेताहरु जिम्मेवार भएर वार्तामा प्रस्तुत भएकाले छिट्टै सहमति जुट्ने दाबी गर्नुभएको हो ।
‘शुक्रबारदेखि नै शीर्ष दलका नेताहरुसँग विवादित विषयमा छलफल सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरु छलफलमा सकारात्मक रुपले प्रस्तुत हुनु भएकाले सहमति जुट्ने विश्वास गरेको छु ।’
उहाँले सहमतिका अघि बढे माघ ८ मा संविधान जारी हुने पनि दाबी गर्नुभयो । सङ्घीयताको विषयमा दलहरु सहमतिको नजिक पुगे पनि उहाँले दाबी गर्नुभयो ।















प्रतिक्रिया