रौतहट, २६ पुस । जिल्ला शिक्षा कार्यालयले जिल्लाका पाँच सय विद्यालयका शिक्षकको शैक्षिक प्रमाणपत्रको छानबिन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि जिल्लाका सबै शिक्षकको शैक्षिक प्रमाणपत्रको छानबिन गरिएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ ।
‘स्थायी, अस्थायी, राहत, पीसीएफ दरबन्दीका शिक्षकहरुको अध्यापन अनुमतिपत्र, नियुक्तिपत्र, बढुवापत्र र शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गरेको जिल्ला शिक्षा कार्यालयको भनाई छ ।
छानबिन प्रतिवेदन अख्तियारमा पठाउँदा दोषी ठहरिए कारबाही गरिने पनि शिक्षा कार्यालयले जनाइएको छ ।जिल्ला शिक्षा कार्यालयले चन्द्रनिगाहपुरस्थित स्रोत केन्द्रमार्फत प्रमाणपत्र संकलन गरी छानबिन गरेको हो ।
शैक्षिक प्रमाणपत्र छानबिन हुने भएपछि यसअघि ११ शिक्षकले राजीनामा दिइसकेका छन् ।















प्रतिक्रिया