काठमाडौँ, २६ पुस । माओवादीबाट अलग भएका मात्रिका यादव र फोरमबाट अलग भएका जेपी गुप्ताले आन्दोलन गर्ने घोषणा गरेका छन् । शनिबार राजधानी मधेश मिडियाको हलमा पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनीहरुले समग्र मधेस एक प्रदेश, आत्मनिर्णयको अधिकार, पूर्णसमानुपातिक निर्वाचन प्रणाली लगायतका नौँ बुँदे राजनीतिक माग समेत अघि सारेका छन् ।
उनीहरुले आफ्नो नौ बुँदे मागमा मधेसमा भइरहेको आन्तरिक तथा बाहृय बसाइसराइ नियन्त्रण गर्नुपर्ने कुरालाई पनि प्राथमिकतामा राखेका छन् ।
उनीहरुको आन्दोलनमा एमाले परित्याग गरेर संघीय समाजवादीमा प्रवेश गरेका र त्यहाँ पनि विद्रोह गरेका गोपाल ठाकुर, रिजवान अन्सारी लगायतको समर्थन रहेको छ ।
अहिले यादवले संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति र जेपी गुप्ताले तराई मधेस राष्ट्रिय अभियानको नेतृत्व गरेका छन् ।















प्रतिक्रिया