नुवाकोट, २६ पुस । बट्टारमा कुखुरा व्यवसायी दोलबहादुर घलेलाई हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान विदुर नपा–४ बट्टारका २९ वर्षीय घलेलाई बट्टारको नयाँ बसपार्कमा निस्किएको बेला खुकुरी प्रहरी गरी गम्भीर घाइते बनाएको आरोपमा पक्राउ परेकालाई प्रहरीले शुक्रबार साँझ सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका – ८ का २० वर्षीय मनोज अधिकारी, सुर्खेत जिल्ला चिसापानी – ५ का १९ वर्षीय सनत बुढाथोकी, ललितपुर भटेडाँडा गाविस –२ का २० वर्षीय सुवाङ कार्की, सोलुखुम्बु फाप्लु गाविस – २ का १८ वर्षीय जम्बु शेर्पा, काठमाडाँै सीतापाइलाका– २० वर्षका निरजविक्रम सिंह, कलङ्कीका २० वर्षीय किरण लामा, काठमाडौंँ महानगरपालिका – ५ का १९ वर्षीय सञ्जीव खड्गी र उदयपुर लेखगाउँ गाविस – ८ का २० वर्षीय विक्रम राईलाई छन् । उनीहरूमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न भनिएका दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया