१ कार्तिक २०८३, आइतबार

संविधान नबने एमाओवादी दोषी हुन्छ: मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-basnet

म्याग्दी, २५ पुस । उद्योगमन्त्री महेश बस्नेतले आगामी माघ ८ मा संविधान नबने त्यसको दोष एकीकृत नेकपा (माओवादी)ले लिनुपर्ने बताउनुभएको छ ।

पाँचौंँ म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेलाको शुक्रबार उद्घाटन गर्दै उहाँले निर्धारित समयमा संविधान जारी गर्न नेपाली काँग्रेस र नेकपा(एमाले)ले देखाएको लचकतालाई कमजोरी ठान्दै एमाओवादी आफ्नै अडानमा कायम रहिरहे संविधान नबन्ने बताउनुभयो ।

केन्द्रमा राजनीतिक दल र विभिन्न जातजाति बीचमा दूरी बढिरहेको बेला पहाडी जिल्ला म्याग्दीका राजनीतिक दल र विभिन्न जातीय सङ्घसंस्थाले देखाएको अभूतपूर्व एकता देशका लागि उदाहरणीय बन्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।