८ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमालेका नेतालाई गद्दाफी बनाउने अमरेशको साथ छाडे मधेशवादी नेताले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AMRESH-KUMAR_काठमाडौँ, २५ पुस ।  सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले सहित केही विपक्षी दलसँग सम्वद्ध जनजाति तथा मधेशी सभासद्हरु जातीय वा मधेश प्रदेशको विरुद्धमा  एकमत देखिएका छन् ।

नेपाली काँग्रेसका सभासद् अमरेशकमार सिंहले काँग्रेस र एमालेका नेता आदिवासी, जनजाती र मधेशवादी जनताको विरुद्धमा रहेको आरोप लगाइरहेका उनीहरु बेला एकमत देखिएका हुन् ।

काँग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले र राष्ट्रिय जनमोर्चा सम्वद्ध दलका सभासद्हरुको शुक्रबार संविधानसभा भवनभित्रै भेलाभई जातीय आधार र तराईलाई पहाडबाट अलग बनाउने खालेको संघीयताको विपक्षमा एकजुट हुने निर्णय गरे ।

सिंहले काँग्रेस र एमाले मधेशी जनताको विपक्षमा रहेको भन्दै उनीहरुको हालत लिबियाका तत्तकालिन शासक कर्णेल गद्दाफीको जस्तै बनाउने चेतावनी दिएका थिए ।

बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रस्तावमाथि छलफलमा भाग लिएका सिंहले संविधानसभामा एमाओवादी र मधेश केन्द्रित दलको भने बचाउ गरेका थिए ।