म्याग्दी, २५ पुस । सदरमुकाम बेनी बजारमा बिहीबारदेखि संविधान निर्माणका लागि खबरदारी अभियान सुरु भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीको आयोजनामा ‘निर्धारित समयमै संविधान घोषणा गर्न जनदबाब सिर्जना गरौँ’ भन्ने नाराका साथ खबरदारी अभियान सुरु गरेको हो ।
जिल्लास्थित सात राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले संविधान जारी गर्न दलले निर्धारण गरेको माघ ८ गते संविधान जारी हुनसक्ने वा नसक्ने अवस्था र कारणका बारेमा आ–आफ्नो भनाइ व्यक्त गरेका थिए ।
अभियानमा नेपाली काँग्रेसका सहसचिव अजयमिलन श्रेष्ठ, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाओवादी म्याग्दीका उपाध्यक्ष गोविन्द पौडेललगायतले निर्धारित माघ ८ मै संविधान जारी गर्न आ–आफ्ना पार्टीका नेतृत्वलाई घच्घचाउने बताउनुभयो ।















प्रतिक्रिया