८ कार्तिक २०८३, आइतबार

पूर्वाञ्चल बन्दको प्रभाव : झापामा यातायात ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, २५ पुस । नेकपा–माओवादीसहितका दलले आज गरेको पूर्वाञ्चल बन्दले झापा जिल्लामा यातायात ठप्प भएको छ ।

बन्दका कारणले लामो तथा छोटो दूरीका यातायातका साधन राम्ररी नचले पनि दमक, विर्तामोड, धुलाबारी, काँकरभिट्टा, भद्रपुर, चन्द्रगढीलगायतका बजार क्षत्रमा भने बन्दको खासै प्रभाव परेको छैन ।

नयाँ संविधान निर्माणमा फरक विचार राखेर गरिएको बन्दका कारणले सरकारी कार्यालयहरुमा सेवाग्राहीको न्यून उपस्थिति छ ।

सडकमा रिक्सा, ठेला, मोटरसाइकल र एम्बुलेन्स निर्वाधरुपमा चलेका छन् ।