रौतहट, २५ पुस । भारतको विभिन्न सहरमा जोखिमपूर्ण काम गर्दै आएका १५ जना बालकलाई जिल्ला बालकल्याण समिति रौतहटले उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
भारतको ब्याङ्लोर सहरमा रहेको ब्याग बनाउने कारखाना र मुम्बईका विभिन्न कारखानामा जोखिमपूर्ण काम गरिरहेका १० देखि १५ वर्ष उमेरका बालकलाई एक कार्यक्रम गरी अभिभावकको जिम्मा लगाइएको हो ।
बालकका अभिभावकले गरिबीका कारण सन्तानलाई कलिलै उमेरमा मजदुरीका लागि पठाउन बाध्य रहेको दुखेसो पोखेका छन् ।
जिल्ला बाल कल्याल समिति रौतहटका अध्यक्ष इन्द्रजीत सहनीले जोखिमपूर्ण काम गरिरहेका बालकलाई उद्धार गरी नेपाल ल्याई परिवारलाई जिम्मा लगाएको बताउनुभयो ।















प्रतिक्रिया