२९ आश्विन २०८३, बिहिबार

जुम्लाको ब्रान्डी स्याउ प्यूठानको महोत्सवमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Appleप्यूठान, २५ पुस । मध्यपश्चिमाञ्चल कृषि–पर्यटन, ऊर्जा–औद्योगिक व्यापार मेला तथा स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सवमा मध्यपश्चिमका आकर्षक वस्तुको अवलोकन गरी मनोरञ्जन गर्न पाइने भएको छ ।

नेपालमै हालसम्मको नमुना कार्य गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा यस क्षेत्रका १५ जिल्लाका सबै आकर्षक विषयको अवलोकन गर्ने व्यवस्था आयोजकले मिलाएपछि मेला चर्चाको विषय बनेको छ ।

मेला आयोजक मूल समिति संयोजक तथा उद्योग वाणिज्य सङ्घ प्यूठानका अध्यक्ष माधवराज भण्डारीले भन्नुभयो, ‘जुम्लाको ब्रान्डी स्याउदेखि प्यूठानी कोदोको स्वाद मेलामा आउनेले लिन पाउने भएका छन् ।’

क्षेत्रीयस्तरको व्यापार तथा औद्योगिक मेला भएकाले पनि यस क्षेत्रका सबै जिल्लाको चिनारी दिने उद्देश्यले मेलामा आकर्षक वस्तुको प्रदर्शनी गरिने छ । मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य सङ्घका महासचिव तथा प्यूठान उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष इमानसिंह भारतीले भन्नुभयो–“ऊँट र चौँरीगाईको भेट प्यूठानमा गराउने तयारी गरेका छौँ ।” १० करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको महोत्सवले भालुवाङमा निर्माणाधीन स्वर्गद्वारी प्रवेशद्वार, जिल्लामा शव वाहन खरिद र स्वर्गद्वारीको आधार शिविर भिगृमा निर्माणाधीन स्वर्गद्वारी धर्मशालाको पूर्णतालाई आयोजकले मुख्य विषय बनाएका छन् । ‘मेलाले प्यूठानको स्वर्गद्वारीदेखि रोल्पाको थवाङ र जलजला, मुगुको रारा ताल, बर्दियाको तारा तालदेखि सुर्खेतको काँक्रेविहार, दाङको जखेडा तालदेखि बाह्रकुने तालसम्मको विकासमा सहयोग पुग्छ’, महासचिव भारतीले भन्नुभयो, ‘मेलामा कर्णालीको यार्सागुम्बादेखि कपुरकोटे तरकारी र सल्यानी जडीबुटीसमेत रहने छन् ।’

महोत्सवमा यसपटक हेलिकोप्टरबाट स्वर्गद्वारीको दर्शन र ऊर्जा स्टल पनि आकर्षणको विषय बन्ने हेलिकोप्टर उपसमिति संयोजक लोकबहादुर बस्नेतले बताउनुभयो ।

फागुन २ देखि ११ गतेसम्म विजुवार खेलमैदानमा महोत्सव हुने छ । पहिलोपटक स्वर्गद्वारी दर्शनका लागि यहाँ सर्वसाधारणले हेलिकोप्टरको प्रयोग गर्न पाउने भएपछि यसक्षेत्रमा आकर्षण बढेको छ । बागलुङका गाउँमा खोला छ, सिँचाइ छैन
बागलुङ, २५ पुस । बागलुङका गाउँको माझ भएर बाह्रैमास तमान खोलो बगे पनि तमानवासी कृषक सिँचाइको अभाव झेल्न बाध्य छन् । पानीको स्रोत हुँदाहुँदै पनि योजना, प्रविधि र लगानी नहुँदा सयौँ हेक्टर जमिनमा सिँचाइ पुगेको छैन । उर्वरायुक्त माटोमा चाहिने मात्रामा सिँचाइ नपुग्दा बालीको उत्पादकत्व घट्दै गएको छ ।

तमानमा कृषिको प्रवद्र्धन गर्ने कुनै पनि सरकारी कार्यक्रमै पुगेको छैन । सिँचाइ आयोजना बन्ने परैको कुरा भयो । सिँचाइको अभावले कृषक समस्यामा परेको तमान कृषक समूहका अध्यक्ष कुलबहादुर बुढाले बताउनुभयो । मनसुन र खोलाबाट मान्छेले खेपेको पानीकै भरमा कृषकले खेती गरिरहेको उहाँको भनाइ छ ।

सिङ्गो तमानभरि एउटा पनि सिँचाइ आयोजना छैन । गाउँको बीचैबीच भएर तमान खोला बगिरहे पनि सिँचाइको व्यवस्था नहुँदा खोला छेउछाउका खेतबारी पनि सुक्खा बनेका छन् । कृषकले गाग्री र ढोलमा खेपेर पनि करेसा र बारीमा पानी लगाउने गरेका छन् ।