काठमाडौं, २५ पुस । सुन्दा अचम्म लाग्न सक्छ, तर नेपालमा यस्तो प्रतियोगिता पनि हुँदैछ । यही आउँदो शनिबार काठमाडौँको टुँडिखेलमा मोबाइल फ्याक्ने प्रतियोगिता हुँदैछ ।
रोटरी क्लब अफ रुद्रमतीको आयोजनामा शनिबार काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन उद्योगमन्त्री महेश बस्नेतले गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा करिव २ सय जना प्रतिस्पर्धीहरूले सहभागी जनाउने छन्। बिहिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै मुगु जिल्लामा ग्रामीण सञ्चार विस्तार गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको अभियानका संयोजक डा तत्व तिम्सिनाले जानकारी दिए। तिम्सिनाले विकट जिल्लाहरूमा सञ्चार प्रवाह गर्न उक्त प्रतियोगिताले टेवा पुर्याउने विश्वास व्यक्त गरे। तीन चरणमा बाँडिएको प्रतियोगिताको पहिलो चरणमा चौध वर्ष मुनिका बच्चाहरू समावेश हुनेछन् भने दोस्रो चरणमा पुरुष इभेन्ट र तेस्रो चरणमा महिला इभेन्ट हुने आयोजकले जनाएको छ। दाताहरूबाट हालसम्म ६० वटा मोबाइल संकलित भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगीहरूलाई एक थान इन्टेक्स मोबाइल दिइने छ। अन्य सहभागीलाई रोटरी क्लब अफ रुद्रमतीको तर्फबाट प्रमाणपत्र वितरण गरिने उनले जनाए ।
















प्रतिक्रिया