लक्ष्मी काफ्ले
झापा । पूर्व पश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका ९ स्थित माईधारमा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु गएको छ ।
भारतीय सेनामा कार्यरत भाईलाई लिन काँकरभिट्टा जाँदै गरेका को १ च ६२७२ नम्बरको बलेरोेमा सवार मोरङ हसन्दह–४ का ३५ वर्षीय धनवहादुर राईको घटनास्थलमै ज्यान गएको हो । दुधे–माईधार सडकमा बिग्रिएर रोकिराखेको मे १ ख ५४५ नम्बरको मालवाहक ट्रकमा उक्त बलेरोे आज बिहान ३ बजे ठोक्किएको थियो ।
पश्चिमबाट पूर्व आउँदै गरेको बलेरोलाई पूर्वबाट पश्चिम जाँदै गरेको दूध बोकेको मे १ ज ११४० नम्बरको जिपले लाईट डिम नगरिदिएकाले बलेरो चालकले ट्रक नदेखेर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
राईको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको ईलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ । आज भएको यातायात बन्दका कारण बिहानै राई बुलेरो लिएर काँकरभिट्टा जाँदै थिए ।















प्रतिक्रिया