१ कार्तिक २०८३, आइतबार

हतियार नबुझाएको किराँत जनवादी वर्कर्सको दावी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatiyar

झापा, २४ पुस  । पूर्वी नेपालमा सशस्त्र भूमिगत गतिविधि सञ्चालन गर्दै आएको किराँत जनवादी वर्कर्स पार्टीले आफ्नो सङ्गठनले हतियार नबुझाएको जनाएको छ ।

पार्टी अध्यक्ष विद्रोही विवश किरातीको हत्यामा सुराकी गर्ने केही व्यक्तिले पुराना थोत्रा थ्री नट थ्री राइफल बुझाएको भन्दै उसले आफ्नो आधिकारिकता पुष्टि गर्ने प्रयत्न गरेको हो । दुई दिनअघि मात्रै किराँत जनवादी वर्कर्स पार्टी (विद्रोही समूह) का वार्ता टोली संयोजक भरुण किरातीले खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई तीनथान थ्री नट थ्री राइफल बुझाएको समाचार सार्वजनिक भएको थियो ।

पार्टीका अध्यक्ष अनन्त क्रान्तिले हिजो विज्ञप्ति जारी गरी आफ्नो सङ्गठनले औपचारिक रुपमा हतियार नबुझाएको बताउनुभयो ।