१ कार्तिक २०८३, आइतबार

तम्घासमा बजार अनुगमन, म्याद गुज्रिएका सामाग्रीहरु वरामदपछि नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamgasअनिल खत्री
गुल्मी, २४ पुस ।  जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा  बजार अनुगमन गरेको छ । बिहिबार तम्घासको नयाँ बजारबाट उदिनढुङ्गासम्मका बिभिन्न खाध्यन्न पसलहरुमा अनुगमन गरिएको हो ।

बजारमा हुने कालो बजारीसँगै म्याद ग्रज्रिएका समानहरु बिक्री बितरणमा रोक लगाउन वेला–वेलामा प्रसासनले बजार अनुगमन गर्ने गरेको छ । अनुगमनको क्रममा केही पसलमा म्याद गुज्रिएका सामाग्रीहरु वरामद गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो ।

अनुगमनमा जिल्ला प्रसासन कार्यलय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थी, लेखापल राजेन्द्र रेग्मी, नासु रमेश मरासिनी, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका वरिष्ट उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेय, रामप्रसाद पन्थी, कोष तथा लेखा नियन्त्रकको कार्यलय गुल्मीका मधुप्रसाद भट्टराई, उपभोक्ता हित संरक्षण मञ्चकी अध्यक्ष ललिता गौतम, रेसुङ्गा नगरपालिकाका नेत्रप्रसाद खनाल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष, कोषाध्यक्ष अनिल खत्री, प्रहरी ना.नि बेनीराम गाहालगायतको टोलीले बजार अनुगमन गरेको थियो ।

 बरामद गरेका सबै सामाग्रीहरु प्रहरीले बिहीबार नै नष्ट गरेको छ । अनुगमनको क्रमममा करिव दश हजार भन्दा बढी मुल्यका सामाग्रीहरु बरामदपछि जिल्ला प्रहरी कार्यलय गुल्मीको परिसरमा नष्ट गरिएको हो ।