१ कार्तिक २०८३, आइतबार

वन मुद्दाका दोषी चौबीस वर्षपछि प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २४ पुस । वन मुद्दामा अदालतबाट दोषी ठहर भई २४ वर्षदेखि फरार रहँदै आएका कैलालीको नारायणपुर गाविसका एक अभियुक्तलाई पक्राउ गरिएको छ ।

वन मुद्दामा २४ वर्षअघि दोषी ठहर भई करिब दुई हजार ६२ रुपैयाँ बिगो तोकिएका ६५ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीको क्षेत्रीय अपराध अनुसन्धान समूह सेतीले जनाएको छ ।

त्यस्तै, कुटपिट मुद्दामा छ महिना कैद सजाय पाई १८ वर्षदेखि फरार प्रसादे कामीलाई पनि पक्राउ गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा एक वर्ष पाँच महिना तीन दिन कैद सजाय पाई फरार रहेका फूलबारी गाविसका प्रेमकुमारी खत्री, चोरी मुद्दामा रु ५० हजार जरिवानाको सजाय पाई फरार रहेका धनगढीका मनोज भन्ने राजन रिजाल र लागुऔषध मुद्दामा ११ महिना २३ दिन कैद र रु पाँच हजारको जरिवानाको सजाय पाई फरार साविक बलिया गाविसका चन्द्रा विकलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ गरिएका सबैलाई कैलाली जिल्ला अदालतको जिम्मा लगाइएको छ । रासस