काठमाडौँ, २४ पुस । बुधबार केही सभासदहरुसँग माघ ८ मा संविधान जारी हुने विश्वास दिलाउनु भएका एमाओवादी अध्यक्ष प्रचण्डले एक दिन पनि वित्न नपाउँदै बोली फेर्नु भएको छ ।
बिहीबार आफ्नै निवास लाजिमपाटमा ज्ञापनपत्र बुझाउँन पुगेका राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका प्रतिनिधिमण्डलसँग उहाँले यथास्थितिमा माघ आठमा संविधान आउने अवस्था नरहेको दाबी गर्नु भएको हो ।
उहाँले बुधबार केही सभासदहरुको टोलीसँग नैतिक कारणले पनि आफुले माघ ८ मा जारी गर्ने भनिएको संविधान रोक्न नमिल्ने बताउनु भएको थियो ।
बिहीबार राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका प्रतिनिधिमण्डलसँग उहाँले दलहरुबीचको सहमतिको वातावरण केहिदिन यता बिथोलिएको आरोप लगाउँदै माघ ८ मा संविधान जारी नहुने बताउनुभयो ।
आफूहरुले सहमतिको संविधान जारी गर्न प्रयास गरे पनि सत्ताधारी दलले प्रकृयामा जोड दिएको भन्दै उहाँले दोष जति सबै नेपाली काँग्रेस र नेकपा एमालेमाथि थुपार्नुभयो ।
जबरजस्ती संविधान जारी गरे एमाओवादीलाई मान्य नहुने पनि उहाँको चेतावनी थियो । गठबन्धनले प्रचण्डलाई मुस्लिम समुदायका मुद्धाहरुसहितको १५ बुँदे ज्ञापन पत्र बुझाएको थियो ।















प्रतिक्रिया