काठमाडौँ, २३ पुस । ब्रेन ट्युमरको अप्रेशन भई थप उपचारका लागि नयाँ दिल्लीमा रहनुभएका नेपाल प्रेस युनियनका सचिव तथा श्रमजिवी पत्रकार सुर्यकुमार क्षेत्रीको उपचारका लागि सहयोग उठ्ने क्रम जारी रहेको छ।
दिल्लीस्थित विएलके अस्पतालमा भर्ना हुनुभएका क्षेत्रीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले नेपाल प्रेस युनियनले राष्ट्रिय बाणिज्य बैंक, सिंहदरबार शाखामा ‘सुर्य कुमार क्षेत्री उपचार सहयोग कोष’ को खातामा समेत सहयोग संकलन भइरहेको छ।
बुधवार प्रेस युनियन बाग्लुङ शाखाले क्षेत्रीको उपचार सहयोग कोषमा दिनेगरि ५० हजार रुपैयाँ संकलन गरेको छ।
बाग्लुङ शाखाका अध्यक्ष नरेश कँडेलले शाखाका सदस्य तथा अन्य शुभेच्छुकहरुबाट रकम संकलन गरिएको बताउनुभयो।
बुधवार नै नेपाल प्रेस युनियन काभ्रेका पार्सद भोला थापाले पनि क्षेत्रीको उपचार सहयोग कोषमा दिने गरि १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ।
यस अघि म्याग्दी शाखाका तर्फबाट २६ हजार भन्दा बढी रकम संकलन भएको जिल्ला अध्यक्ष गोपाल छन्त्यालले जानकारी दिनुभएको छ। त्यसैगरि नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सदस्य ऋषिकान्त पौडेल र गण्डकी अञ्चल संयोजक टंकराज अधिकारीको समन्वयमा पोखरामा सुरु गरिएको सहयोग अभियानमा मंगलवार १८ हजार रुपैया नगद संकलन भएको छ ।
क्षेत्रीको उपचारमा योगदान गर्न खोलिएको खातामा विदेशबाट पनि सहयोग गर्न सकिने व्यवस्था गरिएको छ । रहनु भएकाहरुले (SWIFT: RBBANPKA–113000371901) र स्वदेशबाट९३७१९० नम्बरको खातामा सहयोग रकम उपलब्ध गराउन गराउन सक्ने छन् । क्षेत्रीको मंसिर १७ गते अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया भएको थियो।















प्रतिक्रिया