काठमाडौँ, २३ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिल्लीमा भएको बाह्रबुँदे सम्झौता समस्याको कारक भएको बताउनु भएको छ । ‘बाह्रबुँदे गठवन्धन अपवित्र थियो ।
त्यो त्रुटीपूर्ण मार्गचित्रले देशलाई समस्याको दलदलमा फसायो,’ राप्रपा नेपाल र अखण्ड सुदुर पश्चिम पार्टीको एकता घोषणा कार्यक्रमा बोल्दै थापाले भन्नुभयो, ‘माघ ८मा संविधान बन्ने संभावना अब समाप्त भएर गएको छ ।’
उहाँले संविधान बनिहाले दुई चार जना नेताको हुकुमीशैलीमा बन्ने दाबी गर्नुभयो, थापाले भन्नुभयो, ‘त्यस्तो संविधान सर्वस्वीकार्य हुँदैन ।’
उहाँले देशलाई जातीय राज्यमा विभाजन गर्न खोजे देशमा द्वन्द्व बढ्ने भन्दै राप्रपा नेपाल जातिय राज्यको विपक्षमा रहेको बताउनुभयो । कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गर्दै थापाले पार्टीमा सम्मानजनक भुमिका दिने विश्वास दिलायनुभयो ।















प्रतिक्रिया