१ कार्तिक २०८३, आइतबार

हिउँले राजमार्ग अवरुद्ध, सवारी आवागमनमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिनेश थापा
सिन्धुपाल्चोक, २३ पुस । अरनिको राजमार्ग अन्र्तगत लामो साँघु जिरी सडक खण्डको मुडेमा १ फिट भन्दा बढी हिउँ जमेपछि सवारी आवागमनमा अवरोध भएकोछ ।

दिउँसो एक्कासी हिउँ जमेपछि सडक सेताम्य भएको छ भने राजधानीबाट दोलखा,रामेछाप लगायतका जिल्लामा जाने र त्यताबाट आउने सवारी साधनहरु अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख डीएसपी दिपक खरेलका अनुसार दोलखा र सिन्धुपाल्चोकको सीमा मुडे, खरिढुङ्गा लगायतका स्थानमा सेताम्य हिउँ परेको छ । एक्कासी मौसम परिर्वतन भएपछि जिल्लामा व्यापक चिसो बढेको छ ।

चिसोले सबैभन्दा बढी प्रभावित बाढी पहिरोबाट विस्थापित भएर पालमुनी बसेका विस्थापितहरुलाई पारेको छ ।