काठमाडौँ, २३ पुस । आगामी मे २९ का मा हुने विश्व फुटबल महासंघ (फिफा) को चुनावी रन्कोले अहिले विश्व खेलकुद नै तातेको छ ।
निर्वाचनको मिति नजिकनजिक आउँदै गर्दा भावी अध्यक्षका प्रत्यासीले पनि चुनावी महोल तताएका छन् ।
अहिलेसम्म अध्यक्षको प्रतिस्पर्धाका लागि तीन जनाले आकांक्षा देखाएका छन् । उनीहरुको उम्मेदवारी घोषणासँगै चुनावी माहोलको गर्मी पनि विस्तारै बढेको हो ।
अहिले पाँचौ पटक अध्यक्ष बन्ने होडमा वर्तमान अध्यक्ष सेप ब्लाटरले मैदान आफ्नो कब्जामा रहेको भन्दै नेतृत्वलाई निरन्तरता दिने बताएका छन् ।
उनलाई चुनौति दिन फ्रान्सका पूर्व कूटनीतिज्ञ यरोमी स्याम्पेन र जोर्डनका राजकुमार अली बिन अल हुसेनले पनि उम्मेदवारी घोषणा गरेपछि निर्वाचन चुनौतिपूर्ण बन्ने निश्चित भएको छ ।
स्याम्पेनले सन् १९९८ देखि २०१० सम्म फिफाकै विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी यसकारण पनि फिफालाई नजिकबाट चिनेका व्यक्ति भित्र पर्दछन् । जोर्डनका राजकुमार अली सेप ब्लाटरकै कमिटीका सात उपाध्यक्ष मध्ये एक हुन् । उनको पनि चर्चा निक्कै छ ।
हाल चौथो कार्यकाल विताइरहेका ब्लाटर पनि कमजोर उम्मेदवार होइनन् । उनी अघिल्लो निर्वाचन पूर्व मोहोमद बिन हमाम निलम्बनमा परेपछि निर्बिरोध निर्वाचित भएका थिए ।
यसअघि संस्थापक अध्यक्ष जुलेस रिमेले ३३ तथा ब्राजिलका हाभेलान्जले २४ वर्ष कार्यकाल चलाएको उदाहरण दिदैँ ब्लाटरले अझै फिफामा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।













प्रतिक्रिया