झापा, २३ पुस । चौध वर्षीया बालिकालाई यौनशोषण गरेको आरोपमा झापामा बाबु छोरा नै जेल गएका छन् ।
तीन साताअघि पक्राउ परेका भद्रपुर– १० निवासी ७० वर्षीय भेषराज पोखरेल र उनका छोरा ४२ वर्षीय खेम पोखरेललाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको शरणामती– ९ घर भई चार वर्षदेखि नातामा ठूलो बुबा पर्ने पोखरेलको घरमा पीडित बालिका बस्दै आएकी थिइन् । बालिकालाई भेषराजले तीन वर्षदेखि र उनका छोरा खेमले ८ महिनादेखि पटक–पटक घरमै यौनशोषण गर्दै आइरहेको घटना सार्वजनिक भएलगत्तै प्रहरीले गत मङ्सिर २६ गते पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी जिप्रकाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले दिनुभयो ।
















प्रतिक्रिया