२९ आश्विन २०८३, बिहिबार

सोनिया आचार्य ‘मिस नर्स नेपाल २०७१’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss-nursकाठमाडौँ, २२ पुस ।  सोनिया आचार्य ‘मिस नर्स नेपाल २०७१’ को ताज पहिरन सफल भएकी छन । स्वास्थ्य खबरपत्रिका र नेक्स मोडेल नेपालद्धारा आयोजित युनिक्याम्पस मिस नर्स नेपाल २०७१ मा सोनिया आचार्य विजयी भएकी हुन ।

फस्ट रनर अफ आशा रजक र सेकेण्ड रनर अफ श्रीदेवी शर्मा घोषित भए । ४५ जना सहभागी मध्येबाट निर्णायक मण्डलले अन्तिम १६ जना छानेको थिए । १६ जनावाट प्रश्न उत्तर राउण्डबाट अन्तिम पाँच जना छानिएका थिए ।

पाँच जनाले एउटै निणार्यक प्रश्नको उत्तरमा दिएका थिए । मिस नर्स, फस्ट रनरअफ र सेकेण्ड रनरअफ भने पाँच जनाबाट छानिएका हुन । १७ वटा सव–टाइटलका विजेता भने ४५ जना मध्येबाटै छानिएका थिए ।

निर्णायक मण्डलमा हेल्थ कन्सनका सिईओ डा. सुभाष प्याकुल, छाला रोगविज्ञ डा. अनुपमा कार्की, शिक्षण अस्पतालकी नर्सिङ विभाग प्रमूख कोपिला श्रेष्ठ पालिखे, कोरियोग्राफर चाँदनी लामिछाने, कलाका निर्मल शर्मा, र मिस्टर नेपाल सुरज चिलवाल, शैक्षिक परार्मश व्यवसायी घनश्याम घिमिरे थिए ।