१ कार्तिक २०८३, आइतबार

अर्थमन्त्री अस्पतालमा भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahat

काठमाडौँ, २२ पुस । स्वास्थ्यमा समस्या देखिएपछि अर्थमन्त्री डा रामशरण महत राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

सोमबार अपराह्न ५ः३० बजेदेखि अचानक पेट दुख्न थालेपछि उहाँलाई अस्पाताल भर्ना गरिएको हो । उहाँको उपचारमा संलग्न चिकित्सक टोलीका फिजिसियन डा मधु घिमिरेका अनुसार प्रारम्भिक परीक्षणका क्रममा डा महतको पित्तथैलीमा पत्थरी देखिएको छ ।

पत्थरीको शल्यक्रिया छ हप्तापछि गर्नुपर्ने सुझाव चिकित्सकहरूले दिएको उहाँका स्वकीय सचिव रमेश महतले जानकारी दिनुभयो । रासस