काठमाडौँ, २२ पुस । राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको र अर्को एकजना घाइते भएको घटनाकादोषीलाई कानुनी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।
२०७१ असोज २५ गते बारा जिल्ला सिम्रौनगढ नजिक विद्यार्थी तथा सर्वसाधारणले निकालेको जुलुसमा सशस्त्रको गोली लागि मत्यु भएका ४२ वर्षीय जयनारायण पटेलकोे हकवाला र घाइतेलाई क्षतिपूर्ति दिन पनि सरकारलाई सिफारिस गरेको छ ।
घटनमा परी मृत्यु भएका बारा जिल्ला हरिहरपुर गाविस वडा नं ७ निवासी पटेलको हकवालालाई रु तीन लाख क्षतिपूर्ति दिन तथा उहाँको तीन छोरी र एक छोरालाई उच्चमाध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सोही घटनामा घाइते हुनुभएका हरिहरपुर गाविस वडा नं. ५ निवासी ३० वर्षीय महम्मद साह हवारीलाई रु एक लाख क्षतिपूर्ति दिन सिफारिस गरिएको छ ।
घटनामा सुरक्षा बलको नेतृत्व गर्ने प्रहरी कर्मचारीलाई ‘नेपालको अन्तरिम संविधान, २०६३’ को धारा १३२ (२) (ङ) बमोजिम विभागीय कारबाही गर्न र गोली चलाउने प्रहरीको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न पनि सिफारिस गरिएको छ ।















प्रतिक्रिया