१ कार्तिक २०८३, आइतबार

सेमेस्टर प्रणाली लागू गर्न नदिने अनेरास्ववियुको चेतावनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annfsu-flagकाठमाडौँ, २२ पुस । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा कुनै पनि हालतमा  सेमेस्टर प्रणाली लागू गर्न नदिने चेतावनी दिएको छ । विश्वविद्यालयले हचुवाको भरमा सेमेस्टर प्रणाली लागू गर्न खोजेको अनेरास्ववियुले यस्तो चेतावनी दिएको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले माग पूरा नभएसम्म कुनै पनि हालतमा सेमेस्टर लागु हुन नदिने जानकारी दियो ।

त्रिविले यस अगाडि भौतिक पूर्वाधार निमार्ण गरी अन्य क्याम्पसमा सेमेस्टर लागू गर्ने सहमति कार्यान्वयन नगरेको अनेरास्ववियुको आरोप छ ।
‘ हचुवाको भरमा लागू गर्न खोजिएको सेमेस्टर प्रणालीको हामी विरोध गर्छौ,’ अनेरास्ववियुका अनुसाशन आयोगका अध्यक्ष जीवन राईले भन्नुभयो ।
सेमेस्टर प्रणाली लागु गर्दा शैक्षिक माफियालाई खेल्न सहज हुने र शिक्षा किनबेचको वस्तु बन्ने राइले दाबी गर्नुभयो ।  संगठनले तीन दिनभित्र माग पूरा नभए अनेरास्ववियुले नै भर्ना फारम वितरण गर्ने चेतावनी समेत दिएको छ ।

अनेरास्ववियुले सेमेस्टरको विरोधी आफुहरु नभएको भन्दै तत्कालका लागि सेमेस्टर प्रणाली खारेज गरी वार्षिक प्रणाली कायम गर्न माग गरेको छ ।

आवश्यक पूर्वाधार तथा तयारी पछि न्यूनतम शुलकमा गरिब जनताको पहुँचमा पुग्ने गरी लागू हुने सेमेस्टर प्रणालीमा मात्र अनेरास्ववियुले समर्थन गर्ने जनाएको छ ।