गोरखाबजार, २२ पुस । छिमेकीलाई कुटपिट गरेर फरार रहेका गोरखाको ताप्ले गाविस– ७ का राजेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेकै श्यामबहादुर मग्रातीलाई लाठी र ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको आरोपमा प्रहरीले खत्रीलाई पक्राउ गरेको जनाएको छ । खत्रीले २०६३ सालमा मग्रातीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
साथै, खत्रीलाई जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला अदालत गोरखामा पेस गरेको थियो । अदालतले खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतलाई उद्धृत गर्दै जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।















प्रतिक्रिया