२९ आश्विन २०८३, बिहिबार

सहकारीले पनि अब उद्योग खोल्न पाउँछन्ः पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakariकाठमाडौं, २१ पुस । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी संस्थाले पनि अब ‘सहकारी उद्योग’ खोल्न पाउने बाताउनु भएको छ ।

शंसोधनको क्रममा रहेको सहकारी ऐन २०४८ मा सहकारीले उद्योग खोल्न पाउने प्रावधान राखिएको उहाँले बताउनुभयो ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले सोमबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय अर्थतन्त्रमा साना किसान सहकारीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले सहकारीले कृषि उद्योग स्थापना गर्न सके राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो ।

दूध, मासुजस्ता कृषि उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा सहकारीको योगदान बढ्ने उहाँको भनाई थियो ।

‘सरकारले हालै घोषणा गरेको नयाँ नगरपालिकामा संचालित सहकारीले करमा छुट पाउने छ,’ उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रको विकास गर्न कृषि बीमातर्फ कृषकलाई आकर्षित गर्दै सहकारीमार्फत कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ ।’

त्यसैगरी पौडेले राष्ट्रिय सहकारी नीति २०६९ कार्यान्वयन गर्न ‘एक्सन प्लान’ बनाइने बताउनुभयो । कार्यक्रममा साना किसान विकास बैंक एंवम नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष खेम पाठकले सहकारीले उद्योग संचालन गर्न नपाउने समस्याले कृषि सहकारीले प्रगति गर्न नसकेको बताउनुभयो ।