१ कार्तिक २०८३, आइतबार

हिउँमा अलपत्र परेका ६ जनाको सकुशल उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २० पुस  । सुवाको माथिल्लो क्षेत्र यार्सा र धुन्चेको सिमानामा रहेको फुलमडाँडामा हिमपातका कारण अलपत्र परेका नेपाल टेलिकमका ६ जनालाई नेपाली सेनाको नारायणदल गण धुन्चेले सकुशल उद्धार गरेको छ ।

शुक्रकारदेखि सुरु भएको झरीसँगै उच्च क्षेत्रमा भएको हिमपातले त्यहाँ गएका कर्मचारीहरु अलपत्र परेका थिए । सेनाले उद्धार गरेर सदरमुकाममा ल्याएका नेपाल टेलिकममा कार्यरत कुमार खनाल, राजु गिरी, मोहन पौडेल, राम महर्जन, नहकुल खत्री र सुजन भट्टराई रहेका छन् ।

सदरमुकाम धुन्चेदेखि करिव ३ घण्टामा पुग्न सकिने फुलमडाडाँमा ४ फिटसम्म हिउँ जमेकाले उनीहरुलाई फर्कन समस्या भएको थियो । नेपाली सेनाको धुन्चे स्थित नारायण दल गणका १७ जना र नेपाल टेलिकमका ३ जना गरी २० जनाको टोलीले फुलमडाडाँबाट उनीहरुको उद्धार गरी धुन्चे ल्याएको नेपाल टेलिकम रसुवा शाखाका तोयानाथ रिजालले बताउनुभएको छ ।

रसुवागढी भन्सार टावर बिस्तारका लागि सोमबार फुलमडाडाँमा  रेडियो लिङक टावर राख्न गएका  टेलिकमका इन्जिनियर सहित ६ जनाको टोली हिउँमा अलपत्र परेको थिए  । अहिले पनि रसुवाको  लाङटाङ, गोसाईकुण्ड लगायतमा क्षेत्रमा भारी हिमपात भइरहेको छ भने सदरमुकाम लगायत बिभिन्न गाविसमा बर्षा भएपछि चिसो बढेको छ । वर्षातका कारण हिउँदे खेती सप्रिने भन्दै कृषकहरू रमाएका छन् ।