गौशाला, २० पुस । महोत्तरी प्रहरीले महोत्तरी जिल्लाको सीतापुर गाविसबाट ३८ किलो अवैध लागुऔषध गाँजासहित वडा नं ४ बस्ने शम्भु साह तेलीका १७ वर्षीय छोरा मुकेशकुमारलाई आज बिहान पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार निकै पहिलेदेखि लागुऔषध गाँजाको कारोबार गर्दै आएका साहले भारतमा तस्करी गर्नका लागि मकवानपुरबाट गाँजा मगाएर घरमा राखेको सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले घरमा छापा मारी बरामद गरेको हो । रासस















प्रतिक्रिया