८ कार्तिक २०८३, आइतबार

प्रक्रियामा गएर संविधान जारी गर्नुको विकल्प छैनः पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu-paudelरुपन्देही, २० पुस । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रक्रियालाई अस्वीकार गर्नेहरूले संविधानसभालाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो लुम्बिनीको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै एमाले उपमहासचिव पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले सहमतिको समय घड्किसकेकाले प्रक्रियमा जानाको विकल्प नरहेको बताउनुभयो ।

उहाँले सबैभन्दा सुन्दर विकल्प सहमति नै भएको भन्दै सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ भित्रै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।  ‘लोकतन्त्र भनेको सके सहमति नभए बहुमतीय प्रक्रिया हो, यसलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्छ,’उहाँले भन्नुभयो ।