८ कार्तिक २०८३, आइतबार

राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्छः उद्योगमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh Basnetसिन्धुली, १९ पुस । उद्योगमन्त्री महेश बस्नेतले सहमतिको नाममा दलहरुले देशलाई बन्दी बनाउन नहुने बताउनुभएको छ । तेस्रो सिन्धुली महोत्सवको शनिबार समापन समारोहलाई सम्बोधन गदैँ मन्त्री बस्नेतले यस्तो बताउनु भएको हो ।

उहाँले दलहरुबीच सहमति गरी माघ ८ गते भित्र संविधान जारी गर्नुपर्नेमा जो दिनुभयो । ‘नभए छोटो बाटोबाट गएर भएपनि माघ ८ मा संविधानको मस्यौदा भएपनि ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सहमतिको नाममा देशलाई बन्दी बनाउने शक्ति आफैँ सकिन्छन् ।’  नेपालको माटोले हिंसा नभई शान्ति खोजेको भन्दै राजनीतिक दलहरु  मिलेर जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले सभामुखको संविधान निर्माणसम्वन्धी पछिल्लो प्रस्ताव प्रसंशनीय रहेको बताउनुभयो । सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा पुस १० गतेदेखि सञ्चालन भएको तेस्रो सिन्धुली महोत्सव शनिबार समापन भएको छ ।