८ कार्तिक २०८३, आइतबार

एमाओवादीले संविधान निर्माणका क्रममा बखेडा झिकेकाले समस्याः पौडेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel-Bigकाठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रक्रियामा गएर पनि निर्धारित माघ ८ मा संविधान ल्याउनुपर्ने बताउनुभएको छ  ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को आयोजनामा शनिबार जोरपाटीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सहमतिका नाममा समय खेर फाल्ने नहुने भन्दै नेपाली जनताको चाहनाअनुरुप संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

नेपाली जनताले गरेका सङ्घर्षको उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान अपरिहार्य भएको भन्दै उहाँले एमाओवादीलगायतका दलहरुले संविधान निर्माणका गर्ने सन्र्दभमा विभिन्न बखेडा झिकिरहेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सभासद् अम्बिका बस्नेतले देशलाई सङ्क्रमणबाट मुक्त गर्दै समृद्धिको मार्गमा उन्मुख गराउन संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो ।

सभासद् रेशम बानियाँ, नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति चक्रबहादुर ठकुरीलगायतले निर्धारित समयमा संविधान जारी गर्ने पूर्ववत् प्रतिबद्धतालाई कोही कसैले बिर्सन नहुने बताउनुभयो ।