१ कार्तिक २०८३, आइतबार

२५ जना कैदी राख्ने रसुवा कारागारमा ९२ जना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_2186

रसुवा, १९ पुस ।  जिल्ला कारागार शाखा रसुवामा क्षमताभन्दा बढी कैदी रहेकाले समस्या भएको छ । रसुवा कारागारको क्षमता २५ जना कैदीको भए पनि अहिले ९२ जना कैदीलाई राखिएको छ ।
‘ङ’ श्रेणीको यस कारागारमा २५ जना कैदीको क्षमता भए पनि त्यसभन्दा भण्डै चार गुणा बढी कैदी राखेपछि समस्या भएको हो । कारागारमा विभिन्न अभियोगका एक महिला, तीन विदेशी सहित ९२ जना जना रहेको कारागार शाखा रसुवाले जानकारी दिएको छ ।

कारागारमा रहेका मध्ये १७ जना बन्दी जिल्लाकै हुन भने अन्य विभिन्न जिल्लाबाट सरूवा भर्इ आएका हुन् । इन्सेक प्रतिनिधिले गरेको नियमित कारागार भ्रमण तथा बन्दी भेटमा उनीहरुले बन्दी संख्या बढी भएकाले समस्या भएको बताए ।

कारागारका प्रमुख जेलर रामहरि खनालले क्षमताभन्दा बढी कैदी हुँदा समस्या भएको बताउनुभयो ।  ‘कैदी धेरै हुँदा खानेपानीका साथै सुत्नका लागि समेत समस्या हुने गरेको छ ।  कारागारमा साँघुरा ८ वटा कोठामा धेरैजना कैदीहरू कोचिएर बस्नुपर्ने बाध्यता छ ।

कैद तोकिएका ७७ जना र कैद नतोकिएका १५ जना कैदी अहिले उक्त कारागारमा रहेका छन् । कारागार भित्र बन्दी सुत्नका लागि ८ वटा कोठा र ४ वटा शौचालय छन् ।