जनकपुर १९, पुस । प्रेसर कुकर पड्कँदा जनकपुरको एक विद्यालयमा १२ जना विद्यार्थी घाइते भएका छन् ।
शनिबार खान पकाउने क्रममा प्रेसर कुकर पड्कँदा जनकपुर नगरपालिका–२ स्थित आरडी शिक्षा निकेतनमा विद्यार्थीहरु घाइते भएका हुन् ।
चमेनागृहमा खाना पकाइरहेको अवस्थामा कुकर पड्कँदा घाइते विद्यार्थीहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया