१ कार्तिक २०८३, आइतबार

वैद्यको स्वास्थ्यमा पूर्ण सुधार, शनिबार वा आइतबार घर फर्किने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav-nepalकाठमाडौँ, १८ पुस । श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अस्पताल भर्ना हुनुभएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएको छ ।

नर्भिक अस्पताल थापाथलीमा उपचारमा संलग्न डा वृजेन्द्र श्रीवास्तवले वैद्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएको र भोलि वा पर्सिसम्ममा घर पठाइने (डिस्चार्ज) जानकारी दिनुभयो । वैद्यको केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले त्यो रिपोर्ट हेरेर डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

बिरामी भएपछि वैद्यले अक्सिजनमार्फत श्वास लिइरहेकोमा बिहीबारबाट बिना अक्सिजन सहज रुपमै श्वास लिनुका साथै ज्वरो पनि निको भएको छ  ।

वैद्यलाई दम र रुघाखोकीका कारण कमजोर भई समस्या देखिएको र अहिले स्थिति सामान्य हुँदै गएको डा श्रीवास्तवले बताउनुभयो ।

उपचारका क्रममा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, नेकपा एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलगायतका नेताले अध्यक्ष वैद्यलाई भेटी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।