१ कार्तिक २०८३, आइतबार

जोखिम मोलेरै भए पनि माघ ८ मा संविधानः डा महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-Saran-mahatधनगढी, १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले अन्तिम प्रयास गर्दा पनि दलहरु सहमतिमा नआए जोखिम मोलेरै भए पनि प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेता महतले जनादेशको कदर र निर्वाचनका बेला जनतासँग गरिएको प्रतिबद्धताअनुरुप संविधान तोकिएकै समयमा जारी गर्न सबै दलले प्रयत्न गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संविधान जारी हुन नसके माघ ८ मै संविधानको मस्यौदा भए पनि जारी गर्नुपर्छ ।’ संविधान निर्माणपछि सत्ताको संरचनामा आफ्नो स्थान के हुने भन्ने विषयमा कुरा नमिल्दा एमाओवादीले संविधान निर्माणमा अवरोध गरिरहेको उहाँको आरोप थियो ।