१ कार्तिक २०८३, आइतबार

आगलागीबाट दाजुभाइका दुई घर ध्वस्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, १८ पुस । सिन्धुपाल्चोकको जलविरे–९ ठाडोपानीमा गएराति आगलागी हुँदा दाजुभाइका दुई घर जलेर ध्वस्त भएका छन् ।

खाना पकाएर छाडेको आगो खड्गबहादुर श्रेष्ठको घरबाट सल्केको र उनका भाइ दिलबहादुर श्रेष्ठको समेत दुई तले कच्ची घर जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राति १२ बजेबाट सुरु भएको आगो इलाका प्रहरी कार्यालय जलविरेबाट गएका प्रहरी तथा स्थानीयद्वारा करिब तीन घन्टाको प्रयासमा नियन्त्रण गरिएको थियो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात तथा भाडावर्तनसहित खड्गबहादुरको रु ११ लाख ७० हजार र दिलबहादुरको रु नौ लाख ९० हजारसहित रु २१ लाख ६० हजारबराबरको धनमाल नोक्सान भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

पीडित परिवार छिमेकीको शरणमा रहेको प्रहरीले जानकारी दिएको छ ।