रौतहट, १८ पुस । जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले दलित, असहाय, अति पिछडिएका र विपन्न परिवारलाई बिहीबार राहतस्वरुप न्यानो कम्बल वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रौतहट तथा जिल्ला दैवी प्रकोप उद्धार समितिले विपन्न परिवारको लगत सङ्कलन गरी सोही आधारमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, रेडक्रसका प्रतिनिधिसहितका पदाधिकारीले झन्डै दुई सय शीतलहर पीडित परिवारलाई राहत वितरण गरेका हुन् ।
जिल्लाको राजपुर, फरहदाव, झुनखुनवा, गङ्गापिपरा, फतुवामहेशपुर गाविसस्थित प्रहरी कार्यालय तथा माध्यमिक विद्यालयमा शीतलहरबाट पीडित भएका दुई सय परिवारलाई कम्बल वितरण गरिएको उद्धार समितिले जनाएको छ ।















प्रतिक्रिया