१ कार्तिक २०८३, आइतबार

उत्ताउला र अराजक गतिविधिले सहमति हुँदैनः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliकाठमाडौ, १७ पुस । शासकीय स्वरुव, राज्यको पुनर्संरचना, न्याय र निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण विषयमा दलहरुबीच सहमति खोज्न बसेको कार्यव्यवस्था समितिको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्डको कडा आलोचना गर्नुभएको छ ।

उहाँले एमाओवादी संविधान नल्याउने खेलमा लागेको भन्दै कडा आलोचना गर्नुभएको हो ।

बैठकबाट बाहिँरिदै गनुृभएका ओलीले प्रचण्ड विभिन्न ढंगले अरुलाई उचालेर आफ्ना कुरामाथि पार्ने खेलमा लागेर देश बर्बात् बनाउन लाग्नु भएको टिप्पणी गर्नुभयो ।

‘उहाँले सहमतिविना अघि बढ्न नसकिने भन्दै प्रचण्डले अरुलाई उचालेको र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार प्रचण्डको पछि लागेको आरोप लगाउनुभयो ।

बैठक जारी रहेकै बेला बाहिरिनु भएका ओलीले माघ ८ मै संधिवान आउनुपर्छ भन्दै आउने ठोकुवा गर्नुभयो । उहँले संविधान जारी गर्ने हो भने उत्ताउला र अराजक गतिविधि बन्द गर्नुपर्ने दाबी गर्नुभयो ।