लहान, १७ पुस । प्रहरीले सिरहाको बरियारपट्टी– ५ बाट गएराति लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको जानकीनगर– २ निवासी २० वर्षीय अजितकुमार राय र मकवानपुर भीमफेदी –२ निवासी १७ वर्षीय मनिष रानामगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेकाको साथबाट कोरेक्स ५ बोतल, नाइट्रोजन २८ ट्याब्लेट, फोडबिन, डाइजेपाम र फेनारगन ४ थान बरामद भएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरियारपट्टीमा राखिएको छ । रासस















प्रतिक्रिया